उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ८ अर्ब ७७ करोड बजेट धनुषा जिल्लामा मात्रै लगेको भन्ने अरोप सत्य नभएको बताएकाछन् । सोमवारको प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकाहुन । उनले सम्पूर्ण मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट विनियोजन गरेको बताए । उनले २८ निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा १ हजार ८४ करोड ४० लाख बजेट गएको बताए । उनले आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरुप बजेट आएको दाबी गरे ।

उनले भने, ‘मन्त्रालयले बजेट प्रश्ताव गर्दा राष्ट्रिय योजना आयोगबाट जारी भएको आगामी ३ वर्ष आर्थिक वर्ष २०८१-०८२ देखि ०८३-०८४ सम्मको बजेट तर्जुमाका लागि बजेट सीमा, मध्यकालीन खर्च, संरचनाको खाका तथा बजेट तर्जुमा सम्बन्धी मापदण्ड र ढाँचा २०८०, आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निमयावली, विभिन्न संवैधानिक आयोगबाट प्राप्त सुधारहरु लगायत प्रावधान तथा व्यवस्थाहरुलाई आधार मानेको अवगत गराउँछु । आवधिक योजना र वार्षिक बजेटबीच तदात्म्यता कायम गराउने महत्वपूर्ण औजारको रुपमा विगतका केही आर्थिक वर्ष राष्ट्रिय योजना आयोगबाट तयार भइ प्रकाशन भइरहेको अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आर्थिक वर्ष २०८१-०८२ का लागि करिव २ खर्ब १४ अर्बको खर्च हुने प्रक्षेपण गरिएकोमा सोही अनुसार बजेट विनियोजन हुने मन्त्रालयको आँकलन छ । बजेटको विनियोजन हेर्दा क्षेत्रीय सन्तुलनका विषयमा सरकार संवेदनशील रहेको छ । आवधिक योजना, राष्ट्रिय नीति तथा अन्य क्षेत्रगत नीति र योजनाले अंगीकार गरेअनुरुप बजेट आएको छ । एउटा नाम नै नसुनेको पत्रिकाको भरमा जुन पत्रिकाले सबै बजेट, ८ अर्ब ७७ करोड धनुषामा लग्यो भनेर भनेको छ । त्यही पत्रिकालाई आधार मानेर मान्यज्युहरुले प्रश्न उठाउनु भयो । वास्तवमा त्यो सही होइन । २८ निर्वाचन क्षेत्र भएको कोशी प्रदेशमा १ हजार ८४ करोड ४० लाख बजेट गएको छ । मधेस प्रदेशमा ७८२ करोड ५० लाख बजेट छ ।’ उपप्रधानमन्त्री महासेठले आवधिक योजना र वार्षिक बजेटबीच तदात्म्यता कायम गराउने गरी बजेट ल्याएको दावी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय