
झापामा चट्याङ लागेर एकै दिन तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का, झापा गाउँपालिका ४ दोसाकी का ५० वर्षीय मन्जुर आलम र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिएकाछन् ।


