लमजुङको क्ब्होंलासोथर गाउँपालिकाको वडा नम्बर ३ उत्तरकन्याको बगुममा गएराति पहिरो जाँदा तीन घर बगाएको छ । पहिरोमा परि ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको गाउँपािलका अध्यक्ष सुर्य गुरूङले जानकारी दिए।

पहिरोमा परि ६९ वर्षिय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको छ ।
रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको उनले बताए । पहिरोमा परि चित्रका भाइ भिमबहादुर घले भने घाईते भएका छन् ।

घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरक्षक थानेश्वर चपाईले जानकारी दिए । ठाउँ ठाउँमा पहिरो गएका कारण प्रहरीहरु घटनास्थलमा पुगिनसकेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय