
सिन्धुली-आयुर्वेदिक औषधीको निरन्तर उपयोगबाट जनस्वास्थ्यमा अपेक्षित सुधार हुने भएपछि विगतको तुलनामा शहर बजारमा मात्र हैन ग्रामिण क्षेत्रमा समेत आयुर्वेद औषधीहरुको उपयोग बढदै जान थालेको छ ।सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जारी गरेको पछिल्लो तथ्यांकले सिन्धुली जिल्लामा आयुर्वेदिक पद्धतीबाट उपचार गर्ने गराउने र औषधी सेवन गर्नेहरुको संख्या दिनदिनै बढदै गएको देखिएको हो ।
वागमती प्रदेश सरकारको मातहतमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीले आयुर्वेद उपचार पद्धति र आयुर्वेद औषधीहरुको उपयोग बढाउनकालागि जीवनशैली व्यवस्थापन,तनाव व्यवस्थापन,योग अभ्यास जस्ता त्रिक्राकलापहरु संचालन गर्दै आएको छ ।आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका प्रमुख डाक्टर अर्जुन उपाध्यायले सिन्धुली जिल्लाका कुल ९ वटा स्थानीय तहहरु मध्धे ८ वटा स्थानीय तहहरुमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा वढेर गएको बताए ।



आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आयोजना गरेको कार्यक्रममा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत खनालले मानव स्वास्थ्यको क्षेत्रमा आयुर्वेद उपचार पद्दति महत्वपुर्ण र प्रभावकारी रहेको कुरामा जोड दिनु थियो । कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डाक्टर अर्जुन उपाध्यायले जिल्ला आयर्वेद,स्वास्थ्य केन्द्रले संचालन गरिरहेका विभिन्न उपचार पद्धतिहरुको सबालमा प्रस्तृती गर्नु भएको थियो । सो अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय्र सिन्धुलीले सिन्धुली जिल्लामा संचालन गरेका मानव स्वास्थ्य उपचार पद्धतिका क्रियाकलापका विषयमा अन्तर सम्वाद गरिएको थियो ।