त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रिय विभागकाे आयोजनामा विपदजनित पत्रकारिता र मिडियाका सवाल विषयक दुई दिने कार्यक्रम सम्मन्न भएकाे छ ।
भर्चुवल माध्यम मार्फत प्रदेश नम्बर १ र २ मा मंगलवार देखि आयाेजित साे कार्यक्रममा सहभागी विज्ञहरुले विपद जन्य दुर्घटनाको व्यवस्थापनमा आम सञ्चारको भुमिका महत्वपूर्ण हुँने धारणा राखेमा छन् । उक्त कार्यक्रममा आफ्नों धारणा राख्दै इन्जिनियर एवंम् माैसमविद जानुका ज्ञवालीले विपदसँग सम्बन्धित विषयका प्राविधिक सूचनालाई सरल भाषामा आम सञ्चारकर्मीले समाचार सम्प्रेसन गर्दा सावधानी अपनाउँन सकिने बताएकी छन् ।
ई.ज्ञवालीले विपद पत्रकारिता गर्दा विपद अगाडीको अवस्थामा सावधानी, विपदको अवशस्थामा सुचना र विपद पछी उद्यार र राहात, पुन:स्थापना र पुन: निमार्णलाई केन्द्रित गरेर रिर्पोटिङ्ग गर्न उपयुक्त हुँने बताएकी हुँन् ।
पत्रकारिता केन्द्रिय विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालको अध्यक्षतमा भएको उक्त कार्यक्रममा भूगोल विद्य डा.मोतीलाल घिमिरेले नेपालमा हुँने प्रमुख प्रकृतिक विपद जन्य दुर्घटना त्यसका कारण, विपदले पार्ने असरका बारेमा तथ्याङ्गक प्रस्तुत गरेका थिए ।
त्यसैगरी सञ्चारीका समूहका अध्यक्ष नितु पंडितले विपदको अवस्थामा सबै पक्ष जोखिममा पर्ने भए पनि सबै भन्दा वढी महिला र बालवालीका पर्ने गरेकाले यस तर्फ सचेतना अपनाउँनु पर्ने बताएकी छन् । कार्यक्रममा पत्रकारिता केन्द्रिय विभागका प्राध्यापक प्रवलराज पोख्रेलले विपद पत्रकारिताको सिधान्त र अभ्यासको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार वृजकुमार यादव, दि-हिमायलन टाईम्सका सम्पादक राजन पोख्रेल, उमाकान्त खनाल लगायतले विपद पत्रकारिता बारेमा आ-आफ्नाें धारण राखेका थिए ।