गुल्मी- गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये एक जनाको शव फेला परेको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पर्दा आफूसहित श्रीमती, बुहारी र दुई नातिनी बेपत्ता भएका थिए ।बेपत्ता मध्ये भेषबहादुरको शव बाहिर निकालिएको सोही वडाका वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोमा पुरिएका अन्यको स्थानीयको सहयोगमा खोजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताए ।

उनका अनुसार, पहिरोले पुरिएको घर कच्ची दुई तले रहेको थियो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले घटनास्थलमा प्रहरी निरिक्षकको नेतृत्वमा टोली खटिएको जानकारी दिए । उनले सशस्त्र प्रहरीसँग पनि समन्वय भई घटनास्थलमा खटिएको तर वर्षायामको समय भएकोले छिटो पुग्न समस्या भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय