
स्याङ्जा- स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार फेदीखोला गाउँपालिका ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसादेवीको मृत्यु भएको हो।
राति घरभित्र सुतिरहेको बेला २५ मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा-छोरीको घटनास्थलमै मृत्यु भएको डीएसपी रानाले जानकारी दिएकाछन् । दुर्गाका छोरा छिमेकीको घरमा सुतेकाले उनी जोगिएका छन्। पहिरोले गोठ पुरिँदा एउटा भैँसी पनि मरेको उनले बताए।


