काठमाडौं । चन्द्रागिरि नगरपालिकाले बालबालिकाको नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले आगामी आर्थिक वर्षदेखि यो कार्यक्रम ल्याउन लागेको हो ।

स्थायी बसोबास गरेका नगरवासीका सन्ततिका नाममा मुद्दती खाता खोली रकम जम्मा गरिदिने नीति नगरपालिकाले जनाएको छ । यसका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

बालबालिकाको आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले निजी उद्यम प्रवर्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान संचालन कार्यविधि २०७८ लाई संशोधनसमेत गरेको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र एनआइसी एसिया बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाबीच मुद्दति खाता संचालनसम्बन्धी द्वीपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा शून्य मौज्दातमा खाता खोली अधिकतम ब्याजदर उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय