
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभागले सहकारी संघसंस्थाहरुलाई दिएको छ बुँदे निर्देशन नगरभित्र भएका सहकारीलाई जानकारी गराएको छ ।
नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले नगरभित्र भएका सबै सहकारी संस्थालाई विभागले गरेको निर्देशनको जानकारी गराउनु भएको हो । विभागले सहकारी क्षेत्रमा देखा परेको समस्याले सहकारी सदस्यहरु प्रभावित भएकोले सहकारी नियमावली २०७५ को नियम ७६ (१) (झ) बमोजिम यस क्षेत्रको पुर्नउत्थानको लागि भन्दै आज निर्देशन जारी गरेको छ । सोही निर्देशनलाई चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाले नगर क्षेत्र भित्र भएका सहकारीलाई जानकारी गराएको छ ।



विभागले सहकारी संघसंस्थाहरुले निर्देशनलाई वेवास्ता गरे वा निर्देशन विपरित कार्य गरेमा वा पाइएमा कानून बमोजिम कारवाही गरिने चेतावनी दिएको छ ।