मुगु- रारातालको किनारमा पौडी खेल्ने क्रममामा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका ५ का २१ वार्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो ।
मृतक रावल रारा ताल किनारमा निर्माणधिन साइकललेनमा मजदुरी गर्दै थिए ।

अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनी सहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिएका हुन । दिउसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मा बाट २ वटा डुङ्गाबाट नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि पुगि लास तालबाट बाहिर निकालेका थिए । घटनाको मुचुल्का पछि शवकोको पोस्टमाटमकालागी जिल्ला अस्पताल ल्याउन लागीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय