देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिए । इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा।दाहालले जानकारी दिए । काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, चितवनमा ८३, मकवानपुरमा ६५, डोटीमा ४९, तनहुँ ४९, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ४६, भोजपुरमा ४३, पाल्पामा ३५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

ृउनका अनुसार ‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यो वर्ष डेंगु सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गरेकाछन् । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय