काठमाडौं । चन्द्रागिरि नगरपालिका र नेपाल टेलिकमबीच जीटुजी सम्झौता हुने भएको छ । चन्द्रागिरि नगरपालिकाले नगर भित्र फ्रि वाईफाईको व्यवस्था गरेपनि सुविधा राम्रो दिन नसकेको भन्दै गुनासो दिनप्रतिदिन बढ्न थोलेपछि टेलिकमसँग सम्झौता गर्न लागेको हो ।

जनताको सुविधाको लागि नगरपालिकाले एरोनेटसँग बार्षिक सम्झौता गरेपनि उसले दिएको सेवामा जनताको गुनासो बढ्न थालेपछि उससँगको सम्झौता तोडी टेलिकमसँग सम्झौता गर्न लागेको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो । प्रमुख अर्यालले टेलिकमसँगको सम्झौता अन्तिम चरणमा पुगेको र अब छिट्टै नेपाल सरकार मातहत रहेका यी दुई संस्थाबीच सम्झौता भई काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले टेलिकमसँगको सम्झौतापछि नगरबासीको गुनासो अन्त्य हुनुको साथै नगरपालिकाको १५ वटै वडा र अन्य सरकारी कार्यालयको गतिविधि नगरबाट नै निगरानी गर्न सकिने व्यवस्था पनि गर्न लागिएको जानकारी दिनुभयो ।

प्रमुख अर्यालले नगरभित्र भएका सम्पूर्ण सीसी टिभिको कन्ट्रोल पनि नगरबाटै हुने बताउनु भयो । उहाँले टेलिकमले यो प्रविधि देशैभर गर्न लागेको र अहिले भरपुर महानगर पालिका, कीर्तिपुर नगरपालिकामा काम भइरहेको र अब चन्द्रागिरि नगरपालिकामा पनि केही दिनमै सम्झौता भई काम अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय