स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक एक गोल गरेका थिए । खेलको ५१औँ मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८९ औँ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १९१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । त्यसपछि खेलको ११९औँ मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए ।

यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औँ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए । अब स्पेनले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय