सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका चनौटे बजारस्थित बेलिब्रिज जोखिममा परेको छ । अविरल वर्षासँगै आएको बाढीले बेलिब्रिज रहेको भू–भाग कटान गर्न थालेपछि बेलिब्रिज जोखिममा परेको हो ।

२०७८ साल सावन १७ गते लेदोसहित आएको मेलम्ची बाढीले हेलम्बुकै लाइफलाइनको रुपमा रहेको रातो पुल बगाएपछि सोही स्थानमा बेलिब्रिज निर्माण भएको थियो । रातो पुल बगाएको झण्डै सात महिनापछि तत्कालिन गृहमन्त्री बालकृष्ण खाँणले नवनिर्मित बेलिब्रिज उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो । सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका वडा ७ र ८ त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा न १ र २ का स्थानीयलाई समेत आवतजावत गर्न सहज बनाउदै आएको छ । रातो पुल बगाएको झण्डै सात महिनासम्म सास्ति खेपेका हेलम्बुबासी बल्लतल्ल निर्माण भएको बेलिब्रिज पनि बाढीले बगाउला भन्ने चिन्तामा छन् ।

त्यस्तै लगातारको वर्षका कारण मेलम्ची नदीले खतराको तह नाघेको छ । हेलम्बु, नाकोतेमा राखिएको जलसतह मापन केन्द्रमा नदीले खतराको तह नाघेको जल तथा मौसम विभागको तथ्याङ्कले जनाएको छ ।
तथ्याङ्क अनुसार मेलम्ची नदीको सचेतना तह ४ दशमलव ५ मिटर हो भने खतराको तह ५ दशमलव ५ मिटर हो । लगातारको वर्षाका कारण नदीको तह ५ दशमलव ६६३ मिटर पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय