काठमाडौं । ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमीफाइनलमा पुगेको छ ।

आज बिहान भएको खेलमा ब्राजिललाई उरुग्वेले पेनाल्टी सुट आउटमा पराजीत गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै देशले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । खेलको ७४औं मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समेटिएन पुगेको थियो ।

उरुग्वेले अब सेमीफाइनल खेल कोलम्बियासँग खेल्ने छ । सेमीफाइनलको अर्को खेल क्यानडा र अर्जेन्टिनाबीच हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय