मुगु । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा गत जेठ १२ गते भएको लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा जेठ १२ गते भएको लुटपाट घटनामा संलग्न तीन जनासहित घटनामा प्रयोग भएका हतियार र अन्य सामग्रीसहित जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

जेठ १२ गते डोल्फु गाउँका स्थानीयहरु यार्सा संकलन गएको मौका छोपी गाउँका हातहतियारसहित गाउँमा पसेका लुटेर समुहले स्थानीयका २४ घर र एक गुम्बामा लुटपाट गरेका थिए । लटुपाटमा संलग्न ८ जना मध्ये जुम्ला जिल्ला गोठीचौर गाउँपालिका–३ बस्ने आक्रोस प्रर्से भनिने गणेश भण्डारी सोही वडाका पूर्ण प्रसाद भण्डारी र सोही गाउँपालिका –४ का कमल थापालाई प्रहरीले सार्वनिक गरेको हो ।

घटनामा संलग्नबाट जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ चुनेकाँध भन्ने स्थामा ओडार भित्र लुकाई राखेको एस.एल.आर थान १ यसको म्यागजिन दुई थान यसमा लाग्ने गोली २५ राउण्ड, कटुवा पेस्तुवल थान १ झोला १ थान कम्ब्याट रंगको रेनकोट ५ जोडी कालो रंगको सल १ थान हेण्ड सेट ३ थान र बाईनाकुलर १ थान र गोलीका खोका ३ वटा र मिस फाएर भएको गोली १ थान बरामद गरी सार्वजनिक गरिएको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार अन्दाजी ३५ तोला सुन, ९ सय९४.५ तोला चाँदी बुद्धका मुर्ति २ रिणमोक्ष मुर्ति १ मुगाको माला ९५ तोला यार्सा मोबाईल नगद रु ५० लाख २५ हजार सहित अन्य धनमालहरु लुटपाट गरेको पिडितहरुको जाहेरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले बिभिन्न ७ वटा स्थानमा प्रहरी टोली खटाई घट्ना घटेको १ महिना पछी घट्नामा संलग्न हरु ८ जना मध्ये तिन जनालाई पक्राउ गरी सार्वनिक गरेको बताए ।

पिडितको किटानी जाहेरीका आधारमा पक्राउ परेका अन्य जुम्ला पातारासी गाउँपालिका–३ का बिष्णुबहादुर बुढा सोही वडाका तल्फि गाउँ बस्ने २६ बर्षिय तुलबहादुरकामी सोही गाउँका नर भण्डारीको हकमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार डोल्फु गाउँमा लुटपाटको घट्नामा संलग्नहरुलाई जिल्ला अदालत मुगुमा डाँका चोरी, हातहतिया र संगठित अपराध तर्फ मुद्धा दर्ता भई २० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय