काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा जतिपनि सत्ता समीकरण भए ति सबै माटोका फुटेको भाँडाजस्ता मात्र भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकको विशेषमा सांसद सुवालले व्यापारीको घरमा बसेर भएको नयाँ सत्ता समीकरण लामो समय नजाने दाबी गर्नुभयो । उहाँले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वाभाविक हुने मध्यरातमा एमाले–कांग्रेसबीच भएको सत्ता समीकरणले कालाबजारीलाई प्रश्रय मिलेको आरोप लगाउनु भयो ।

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय