काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरका दुई सहकारीबीच एकीकरण भएको जनाएको छ ।

नगरपालिकाको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले किसीपिडी बहुउद्देश्यीय सहकारी संस्था लि. र प्रसेप्सन बहुउद्देश्यीय सहकारी संस्था लि.बीच एकीकरण भएको सूचना जारी गर्नुभएको हो । उहाँले नगरको क्षेत्राधिकार भित्र पर्ने सहकारी संस्थाबीच एकीकरण गर्ने भनि मिति २०८१ असार ६ गते निर्णय भए अनुसार दुई सहकारी एकीकरण भएको जनाएका छन् । एकीकरणपछि हाल कायम भएको सहकारी संस्था किसीपिडी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाम रहेको छ । यो सहकारीको कार्यक्षेत्र चन्द्रागिरि नगरपालिकाको ५, ६ र १२ वडा रहेको छ ।

यी दुई संस्था एकीकरण गर्ने भनि दुबै सहकारीले आफ्नो निर्णय नगरपालिकामा २०८० पुस ४ गते दर्ता गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय