झापा – झापामा एक बालकसहित दुई जनाको डुबेर मृत्यु भएको छ । झापा गाउँपालिका-२ स्थित सानो माई खोलामा डुबेर सोही ठाउँका सडकवाडी गाउँ निवासी रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घर अगाडी रहेको माई खोलामा डुबेर ती बालकको आइतबार बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बालकको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । त्यस्तै बाह्रदशी गाउँपालिका २ स्थित राजगढ निवासी ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो ।

स्थानीयले शनिबार राति साढे ९ बजे डुबेको अवस्थामा उनको शव पैनीबाट बाहिर निकालेका थिए । उनको शव नजिकै साईकल समेत फेला परेको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय