काठमाडौंं । काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले निलम्बित महामन्त्री डा. मुकुल ढकालका विषयमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

प्रतिवेदनमाथि छलफल गर्नकै लागि दुई घण्टा समय निर्धारण गरिएकोले निर्णय जाजै आउने पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । अनुशासन समितिले गरेको सिफारिस केन्द्रीय समितिले हुबहु कार्यान्वयन गर्नसक्ने बुझिएको छ । यदी समितिले हुबहु प्रतिवेदन कार्यान्वयन गरेमा डा. ढकाल पार्टीबाट निष्कासन हुनेछन् ।

गत बुधबार बसेको पार्टी केन्द्रीय समितिको बैठकमा अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. ढकाललाई एक साताका लागि निलम्बन गरिएको थियो ।

आफूले तयार पारेको समीक्षा यात्राको प्रतिवेदनमाथि छलफल हुने बैठक प्रत्यक्ष प्रसारण गर्नुपर्ने ढकालको माग पार्टीले अस्विकार गरेपछि मुखमा मास्क र कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय