काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) डा.मुकुल ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदबाट हटाएको छ ।

पार्टीले आफुलाई कारवाही गरेपछि डा. ढकालले सामाजिक संजालमा आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । उहाँले ‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन’ बाँकी कुरा भोलि भनी लेखेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय