काठमाडौं । चन्द्रागिरि नगरपालिकाले राष्ट्रिय परिचय पत्र विवरण संंकलन गरिरहेको छ । नगरपालिकाको प्रशासकीय भवनमा विवरण संकलन २०८१ असार २३ गतेबाट भएको हो ।

राज्यले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहनु भएका लाभग्राहीका लागि अनिवार्य राष्ट्रिय परिचय पत्र हुनुपर्ने भनेपछि देशैभरका स्थानीय निकायमा विवरण दर्ता गराउन छुट भएकाको अहिले धमाधम विवरण संकलन कार्य भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाले पनि २०८१ असार २१ गते सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र दर्ताको लागि अनिवार्य अनलाई फर्म भरेर आउनु आग्रह गरेको छ । यही असार २३ गतेबाट सुरुभएको विवरण संकलन कार्य असार २८ गतेसम्म पहिलो चरणमा गरिने र दोस्रो चरणको लागि सूचना प्रकाशन गरिने जनाएको छ । सूचनामा सामाजिक सुरक्षा भत्ताको परिचयपत्र सक्कल, नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, बसाई सराई गरेको हकमा सोको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्र वा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख भएको, राहदानी लिएको हकमा सक्कल राहदान, सम्बन्ध विच्छेद भएको हकमा दर्ता गराएको सक्कल प्रमाणपत्र र पति वा पत्नीको मृत्यु भएको हकमा मृत्यु दर्ता सक्कल प्रमाणपत्र लिएर आउन नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

नगरपालिकाले विवरण संकलन गर्न थालेपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरु विवरण उपलब्ध गराउन नगरपालिका पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय