काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा पुगेको छ । म्युनिखमा आज विहान भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ को ले हराउँदै स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो ।

नवौं मिनेटमा नै फ्रान्सका किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । २१औं मिनेटमा स्पेनका १६ वर्षीय लामिन यमालले गोल गर्दै स्पेनलाई बराबरी बनाए ।

२५औं मिनेटमा स्पेनका जिसस नाभासको क्रस क्लियरमा ड्यानी ओल्मोले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिई गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएसँगै दुबै देशको त्यो नै अन्तिम गोल बन्यो । फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा पुग्न सफल भयो ।

स्पेनले आज राति हुने इङ्ल्यान्ड र नेदरल्याण्ड्स बीचको दोस्रो सेमीफाइनलको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आगामी सोमबार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय