
बागलुङ । अविरल वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध हुन पुगेको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।
भिरालो जमीनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको छ । प्रहरी र स्थानीयले पहिरो पन्छाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन् ।


