
काठमाडौं । स्पेन लगातार ६ खेल जितेर प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । युरोमा सबैभन्दा कान्छो खेलाडी लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।
यामलले फ्रान्सविरुद्ध पहिलो गोल गरेसँगै उनको संसारभर चर्चा भइरहेको छ । यामल आगामी शनिबार १७ वर्ष पुग्ने छन् । यालमलको चर्चासँगै जर्मन कानूनअनुसार १८ वर्ष मुनिका बालबालिकालाई राति ८ बजेपछि काममा लगाउन पाइँदैन । खेलाडीले भने राति ११ बजेसम्म खेल्न पाइने व्यवस्था छ । यही नियमअनुसार यामल समूह चरणको खेलमा इटालीसँग खेलको हाफ टाइममै मैदानबाट बाहिरिएका थिए । स्पेनका लागि महत्वपूर्ण खेलाडी रहेका यामलले जर्जियासँगको प्रि–क्वार्टरफाइनलमा उनका म्यानेजरले ३० हजार पाउण्ड फाइन तिरेरै खेलाए । यो खेलमा यमललाई खेलाएवापत स्पेनले ४८ हजार यूरो तिर्नुपर्ने छ । कानून उल्लंघन गरेको भन्दै स्पेनको फुटबल महासंघलाई जर्मनीले जरिवाना तिराउने भएको छ । फ्रान्सविरुद्ध भएको खेलमा यामल ८५औं मिनेटमा मैदान छाडेका थिए । फाइनल खेल पनि सोही समयमा हुने भएकोले यो खेलसम्म यामललाई खेलाउन १ लाख ५० हजार जरिवाना तिनुपर्ने हुन्छ । ड्यानी ओल्मोले फ्रान्सविरुद्ध विजयी गोल गरेसँगै गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । यामलले मेस्सीलाई गुरु मान्छन् । उनी मेस्सीका डाइहार्ट फ्यान हुन् ।



कोपा अमेरिकामा मेस्सीले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउँदा यामलले यूरो कपमा गोल गर्दै टोलीलाई उपाधि नजिक पुयाएका छन् ।