तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्गको पहिरो हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने यो मार्गकोे पहिरो हटाइएको हो ।

पहिराले विभिन्न ठाउँमा ठूलाठूला ढुंगा खसेपछि गत शनिबारदेखि मार्ग अवरुद्ध हुन पुगेको थियो । गण्डकी प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ ।

गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटोदूरीको वैकल्पिक सडकका रूपमा लिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय