काठमाडौं । माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गरेको भन्दै दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित एटिएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय