काठमाडौं । रास्वपा नेता मुकुल ढकालले गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेलाई संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको आरोप लगाउनु भएको छ ।

रास्वपाले ढकालले पार्टी मर्यादा विपरित काम गरेको भन्दै पार्टीमा साधारण सदस्य मात्र रहने गरी कारवाही गरेपछि बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राखेका हुन् । उहाँले पत्रकार सम्मेलनमा पार्टी सभापति रविलाई प्रचण्ड, ओली र देउवाको शैली मनपर्छ भन्दै व्यंग्य गर्नुभयो । उहाँले ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि ! अनि सरकारमा पुनः जान पाइएला भनेर टाँसि बसिराखेको आरोप लगाउनु भयो ।

उहाँले सभापति लामिछानेले पदबाट राजीनामा दिन बालुवाटार पुगेको र फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई बालापना भएको टिप्पणी गर्नुभएको छ । उहाँले सभापति लामिछानेमाथि पार्टीले पनि छानबिन गर्नुपर्ने बताउनु भयो । ढकालले सहकारी काण्ड र दोहोरो पासपोर्टमा पार्टीले पनि छानबिन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले उच्चस्तरीय समितिमा लामिछाने क्लबका मान्छे राख्न नहुने भन्दै स्वतन्त्र मानिसहरू राख्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय