
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दलसँग अपिल गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालका पक्षमा मत माग्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसकारण प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।



स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका कांग्रेस र एमालेले प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएको छ ।