काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ ले वडाबासीको स्वास्थ्यमा ख्याल राख्दै मासिक सेवा संचालन सम्बन्धी सूचना जारी गरेको छ ।
महादेवस्थान स्वास्थ्य चौकीबाट जारी गरिएको सूचनामा महिनाको कुन दिन कुन सेवा लिन सकिन्छ भनि वडा बासीको जानकारी दिनका लागि सूचना जारी गरेको हो । सूचनामा प्रत्येक महिनाको ७ र २१ गते नियमित खोप, २२ गते गर्भवतीलाई भिडियो एक्सरे, नसर्ने रोगको उपचार सेवा २० गते, पाठेघरको मुखको क्यान्सर जाँच ११ गते र प्रत्येक दिन ८ बजेदेखि ३ बजेसम्म ल्याब सेवा दिने स्वास्थ्य चौकी प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।