नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केही प्रतिनिधिले दुवै अध्यक्षलाई मत दिन्नँ भन्ने पक्षमा मत जाहेर गरेको पाइएको छ ।
निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले दिएको जानकारी अनुसार ‘नो भोट’ को संख्यालाई घटाएर बाँकी मतमा अध्यक्ष केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेका हुन् ।
पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’
कुल २ हजार ९६ मत खसे ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३ मत गरी २०२१ हुन्छ दुवैलाई अध्यक्ष नचाहने ७५ जनाले ‘नो भोट’मा मतदान गरेका छन।