काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा १२ ले नसर्ने रोगको स्क्रिनिङ शिविर संचालन गर्ने भएको छ ।
वडा कार्यालयको सहकार्यमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले शिविर आयोजना गर्न लागेको हो । असार ३० गते आइतबार हुने शिविरमा ३० वर्ष भन्दा माथिका सबैको लागि मधुमेह र उच्च रक्तचापको निःशुल्क चेकजाँच वडाले जनाएको छ ।
शिविर विहान १० बजेदेखि दिउँसो २ बजेसम्म वडा कार्यालयमा हुने छ ।