सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।
सो बारे जानकारी पाउनासाथ सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो ।

त्यसैगरी सो वेशले कल्याणपुर नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सकुशल उद्धार गरेको छ । जेसीबीसहित नदिको बीच भागमा फसेका उनीहरुलाई रबर बोटको सहयोगमा सकुशल उद्धार गरिएको हो । त्यसैगरी सिरहाको लहानमा बलान खोला ,गोलबजारको मैनाबती खोला कमला लगायतका ठाउहरुमा बादीले कटान सुरुगरिएको छ भने कतिप्य ठाउमा तडबन्दहरु तोडफोड गरेका छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय