काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज जन्मदिन । नेपाल र नेपालीभाषी रहेका देशमा विभिन्न कार्यक्रम गरी २११औं भानुजयन्ती मनाइँँदै छ ।

आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको थियो । भानुभक्त धनञ्जय आचार्य र धर्मावती देवीका छोरा हुन् । उनको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

भानुभक्तले भारतको वाराणसीमा गई शिक्षा लिएका थिए । संस्कृत भाषामा रहेको रामायणलाई उनले नेपाली भाषामा अनुवाद गरेका थिए । उनको भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीतालगायत थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।

भानुभक्तको निधन १९२५ मा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय