
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउन सकेन । मन्त्री चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएसँगै कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन बैठक बसेको हो ।
प्रवक्ता डा.प्रकाशशरण महत योगदान र योग्यताका साथै समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री चयन गरिने बताउनु भयो ।



भोलि हुने सपथमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, अजय चौरसिया, आरजु राणालगायत मन्त्री बन्ने चर्चा छ ।