काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुको माग सम्बोधन नभएर देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
Ournewscrew.com सँगको विशेष विचारमा अध्यक्ष लामाले आफ्नो ज्यानको प्रवाह नगरी दिनरात काम गर्ने मजदुरको आवाज नसुन्ने हो भने देशभर पेट्रोलियम पदार्थ ठप्प पार्ने चेतावनी दिनुभएको हो । उहाँले देशमा महंगी बढेर आकाश छुदा पनि मजदुरहरुको पारिश्रमिक कहिल्यै नबढ्नु न्यायोचित नभएको उल्लेख गर्नुभयो ।
अध्यक्ष लामाले चालक र सहचालकलाई चोर दोषलगाउने परिपाटी भएकोले यसबाट छुटकारा पाउन सरकारले जतिसक्दो माग पुरा गर्नतर्फ लाग्नु पर्ने र माग पुरा भएपछि पनि चालक र सहचालकले गल्ती गरेमा कानून बमोजिम कारवाही गर्न आग्रह गर्नुभयो । पुरा भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस