
काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
दिउँसो केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।