बिगत लामो समय देखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा पटक पटक डकैति गर्ने खुनखार डाँकालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा आइतबार राती महोत्तरीको सोनमा गा.पा–५ खैरवनीस्थित सर्लाही र मोहत्तरी सीमाना सितलपुर भन्ने स्थानमा पक्राउ गरेको हो । सर्लाही जिल्लास्थित लालाबन्दी न.पा–२ बस्ने अन्दाजी ४० वर्षको विजेन्द्र पासवनलाई घुडा मुनि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खोजीको क्रममा जम्का भेट भई पक्राउ गर्न खोज्दा भागेपछि गोली हानेको डीएसपी संतुलाल प्रसाद जयसवारले जानकारी दिनुभयो । डाका आरोपिलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय