काठमाडौं । चितवनको सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ । मृतकमध्ये आठ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा तीन भारतीय नागरिक पनि छन् । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी चिवनको माडी–१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा–३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका–२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर–६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँ रहेका छन् । उनीहरुको शव आफन्तले बुझि सकेका छन् । ६ पुरुष १ महिलाको शव अझै सनाखत हुन सकेको छैन ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् । रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय