भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन अभावमा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा कठिनाई भएपछि प्रशासनिक भवन निर्माण थालिएको हो । गाउँपालिका र संघ सरकारको लागत साझेदारी भवन निर्माण थालिएको भवन निर्माणको काम करिव ३४ प्रतिशत सम्पन्न भएको छ । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कामले गति लिएको छ । दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्यका साथ थालिएको भवन निर्माणको काम करिव सात महिनामा ३४ प्रतिशत सम्पन्न भएको छ । लिफ्टसहित चार तालको बन्ने भवनको हाल दुई वटा ढलानको काम सम्पन्न भएको हो । भवन गाउँपालिका र संघिय सरकारको भ्याटसहित सात करोड ५० लाख ४४ हजार लागतमा निर्माण भईरहेको छ । प्रशासनिक भवन निर्माण पश्चाता सेवा प्रवाहमा थप सहजता हुने गाउँपालिकाको भनाइ छ ।

प्रशासनिक भवन नहुँदा गाउँपालिकाको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । सेवा प्रवाहमा सहजता थप्न लागि यहाँ भवन निर्माणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको गाउँपालिकाको भनाइ छ । भवन निर्माणको काम तोकिएको अवधि भन्दा अघिनै सम्पन्न गर्ने लक्ष्यको साथ काम भईरहेको निर्माण कम्पनी पिएमके क्यूवेस्ट जेभी काठमाण्डौले जनाएको छ । हालसम्म भवन निर्माणको काम ३४ प्रतिशतको हारहारीमा सम्पन्न भएको कम्पनीको दावी छ । भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट दुई करोड ५० लाख संघ सरकारको रु १२ लाख गरी कुल दुई करोड ६२ लाख भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । भवनको लागि आगामी आर्थिक वर्षको लागि रु. डेढ करोड विनियोजन गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय