कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्षपछि नेपाली कांग्रेसबाट संघिय सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ । मुगु जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाहीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएसंगै मुगुले २७ वर्षपछि मन्त्री पाएको हो ।

नेपाली कांग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रिपरिषद मुगु जिल्लाका तत्कालिन प्रतिनिधि सभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री हुनुभएको थियो । २०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनी नै शिक्षा राज्यमन्त्री हुनु भएको थियो । २०५३ सालसम्म उक्त मन्त्री मण्डलमा रहनु भयो ।

२०५३ साल यता देशमा कति सरकार बने ढले तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रिपरिषदमा अवसर पाएन । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन ।

यस्तो छ, शाहीको राजनीतिक पृष्ठभूमि :

मन्त्री ऐनबहादुर शाही मुगुमा निकै लोकप्रिय, मदुभाषी, सालिन नेताको रुपमा चिनिन्छन् । आम नागरिकसँगै पाटीभित्र र अन्य पाटीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ । शाही हाल मुगुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् भने बहालवाला नेपाली कांग्रेस मुगु जिल्ला पाटी सभापति पनि हुन ।

२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ जडेपानी गाउँमा जन्मेका शाही २०४४-०४५ ताका नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए । २०४८–०५१ र २०५२–०५३ मा शाही तत्काली शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव भएर काम गरेका शाही बहुदलिय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित हुन पुगे । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए भने २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । यो बेला निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वा राजबहादुर कार्कीलाई पराजित गर्दै ठुलो मतान्तरले विजयी भएका थिए । झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए । शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र कर्णालीसहित मुगु जिल्लाको विकासमा ठुलो योगदान गर्ने यहाँका जनताले विश्वास लिएका छन् ।

माओवादीहरुले घर नै लुटेपछि परिवारै विस्तापित भएका थिए । तत्कालिन माओवादीहरुले कांग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहीका ३ बुबाहरुका सबै घर, सम्पत्ति लुटेर लग्दा पुरै ८० जनाको परिवार विस्थापित भएका थिए । शान्ती प्रकृयामा माओवादी न आउदासम्म शाहिका सबै परिवार कोही सदरमुकाम गमगढी, कोही काठमाडौं त कोही नेपालगन्जमा कष्टकर जीवन विताएका थिए । घरको खरानी समेत नराखी तत्कालिन माओवादीले सबै सम्पत्ति लुटेका थिए । शान्तीप्रकृया सुरु भएपछि शाहीको परिवार बिस्तारै लहमा आउँदै गरेको बेला केपि शर्मा नेतृत्वको नवगठित मन्त्रिपरिषदमा ऐन बहादुर शाही वन तथा वातावरण मन्त्री भएपछि नेपाली कांग्रेसले न्याय गरेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय