काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रहेको १५५ रोपनी विवादित जग्गाको विषयमा छलफल सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय जग्गा छानबिन आयोगको कार्यालयमा भएको छलफलमा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सांसद केशब प्रसाद पोखरेल, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख श्री बसन्ती श्रेष्ठ, आयोगका अध्यक्ष श्री सारदा प्रसाद त्रिताल एवं सदस्यहरु, वडा १४ का जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

बैठकमा स्थानीयले वर्षौदेखि कमाई खाई आएको जग्गा त्रिभुवन विश्व विद्यालयले खाली गर्न भनेपछि आफूहरु घरबारविहीन हुने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले बाबुबाजेले पनि आफ्नो कमाई यही ठाउँमा हालेको, आफुले पनि सम्पूर्ण कमाई सोही ठाउँमा लगानी गरेकोले अहिले यस्तो अवस्थामा मर्नुबाहेकको विकल्प नभएको बताएका छन् । उनीहरुले राज्यले न्याय दिई सरकार भएको महसुस आफुहरुले गर्न पाउनेमा विश्वस्त भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय