
काठमाडौं । महिला एसिया कप क्रिकेटमा नेपालले युएईसँग खेल्दैछ ।
श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ । सवा २ बजे सुरु हुने खेलमा नेपाली महिला टोलीले युएईको महिला टोलीको सामना गर्नेछ ।



महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले यसपछि पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप नेपालले खेलेको थियो । नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो ।
एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेको छ ।