
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विस्तारित अस्पताल सेवा प्रदान नगरेका ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
नवनियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफू नियुक्त भएलगत्तै एक महिना भित्र सरकारी अस्पतालमा लाइन बस्न नपर्ने व्यवस्था गर्ने बताउनु भयो ।


