
काठमाडौं । महिला एसिया कप टी–ट्वेन्टी क्रिकेटको उद्घाटन खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । श्रीलंकाको रांगिरी दम्बला क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईको महिला टोलीबीच भएको पछिल्लो ५ खेलमा नेपालले दुई खेलमा जित्दा एक खेल युएईले हात पारेको थियो । एक खेल नतिजाविहीन हुँदा एक खेल वर्षाले प्रभावित हुन पुगेको थियो ।



प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल पनि साँझ सवा ७ बजे हुनेछ । साउन ४ गतेदेखि १३ गतेसम्म चल्ने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् ।