लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा भएको निःशुल्क आँखा शीवीरमा हिजो साझसम्ममा १ सय ७३ जनाले आखाको शल्यक्रिया गराएका छन । यस्तै शीवीरमा करिब १ हजार ३ सय आँखा रोगीहरुको आँखा परीक्षण गरिएको छ ।

शिवरिमा तिश्रो दिन ६५ जना, दोश्रो दिन ५७ र पहिलो दिने ५१ जनाले गरी १७३ जनाले शल्यक्रिया गराएका हुन । आखा शीवीरमा २ दिनसम्म आँखा रोगीहरुको परीक्षण गरेर मोतियाबिन्दु फेला परेका बिरामीहरुको शल्यक्रिया गरिएको लायन्स क्लब आफ निजगढ पिसका प्रेसिडेट रञ्जन लामिछानेले बताए ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौं र निजगढ नगरपालिकाको सौजन्यमा निजगढ नगरपािलका वडा नम्बर ९ शहिद चोकस्थित लक्ष्मी नारायण धर्मशालामा संचालन भएको शिवीरमा लायन्स क्लब अफ काठमाण्डौं सम्वृद्धि, लायन्स क्लब अफ भक्तपुर स्वीट होम र मेचीमहाकाली बुहारी संयुक्त आवाज निजगढको सहयोग रहको लायन्स क्लब आफ निजगढका प्रेसिडेट दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

शल्यक्रिया गर्ने बिरामीहरुको लागि खाने र बस्ने सुविधासमेत निशूल्क रहेको छ भने बिरामीहरुको आखाको शल्यक्रिया बुधबारसम्म चल्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय