काठमाडौं । महिला एशिया कप टी–ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

श्रीलंकाको रांगिरी दम्बला क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।

नेपालले आफ्नो पहिलो खेल नेपालमा नै यूएईलाई ६ विकेटले पराजित गरेको छ । नेपालले ३ ओभर ५ बल खेल्न बाँकी छदै ४ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्न सफल भयो । नेपालका लागि सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ३५ बलमा अविजित ७२ रन बनाइन् ।

पहिले ब्याटिङ गरेर यूएईले नेपालसामु जीतका लागि ११६ रनको लक्ष्य दियो । यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनायो । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय