काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा अज्ञात समूहले मोटरसाइकलमा आगजनी गरेका छन् । सनि खड्काले संचालन गरेको होटल रोयल चन्द्रागिरिमा रातको समयमा अज्ञात समूहले आगो लगाउँदा ३ वटा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ भने २ वटामा सामन्य क्षति पुगेको छ ।

दुर्घटनामा सवारी धनी शेखर श्रेष्ठको बागमती प्रदेश ०४२, ३२०४ नम्बरको टिभिएस मोटरसाइकल, बा ६१ प ४०९० र बा. ५४ प ३८११ नम्बरको स्कुटरको स्कुटर पूर्णरुपमा क्षति भएको छ । बा.४५प ६६२५ नम्बरको युनिकन मोटरसाइकल र एफजेड मोटरसाइकल समान्य क्षति भएको छ ।

प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक किरण सापकोटाले घटना राति १ बजेर २० मिनेटमा भएको र तीन वटा मोटरसाइकल २० मिनेट भित्र पूर्णरुपमा नष्ट भएको बताउनु भयो । उहाँले  घटनास्थल वरिपरि भएका अन्य होटलको सीसी टिभि हेर्दा एउटा पल्सर बाईक र चार जना देखिएकोले थप अनुसन्धान भइरहेको बताउनु भयो । प्रहरी निरिक्षक सापकोटाले फुटेजमा होटलको कम्पाउण्ड बाहिरबाट मोटरसाइकल पार्किङ गरी राखिएको ठाउँमा आगो फालेर भागेको देखिएको र ति व्यक्तिको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय