काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ स्थित महाँकाल मार्गमा बृक्षारोपण गरिएको छ । महाँकाल स्थान सामुदायिक वन उपभोक्ता समुहको आयोजना र श्री गणेश महिला समूहको सहकार्यमा बृक्षारोपण गरिएको हो ।
महाँकाल स्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निराजन महतले संसारी मन्दिरदेखि महाँकाल मन्दिरसम्मको रामलक्ष्मणले घुँडा धसेको ठाउँ जाने मार्गको दायाँबायाँ बृक्षारोपण गरिएको बताउनु भयो । उहाँले भविष्यमा पर्यटक क्षेत्र बनाउने उद्देश्यले यहाँ विभिन्न संरचना धमाधम बनाउने काम भइरहेको पनि बताउनु भयो ।
अध्यक्ष महतले डिपिआर अनुसार संरचना बन्दै गरेको र यो क्षेत्र चन्द्रागिरि नगरपालिका भित्र भएको गौरबको योजना मध्ये यो पनि एक भएको दाबी गर्नुभयो । उहाँले वडा भित्र बन्दै गरेको अन्य गौरबका योजना मध्ये महाँकाल मार्ग पहिलो स्थानमा पर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
नासपाति, हलुवावेद, टिमुर, आरु, एबोगाडोलगायत दुई सय विरुवा रोपिएको थियो ।