काठमाडौँ –बंगलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थी प्रभावित हुन सक्ने भन्दै सरकारले तदारुकता देखाएको छ ।शनिवार मात्र बंगलादेशका विभिन्न विश्वविद्यालयमा रहेका ८ सय बढी विद्यार्थीले बंगलादेशको सिमाक्षेत्रतर्फ गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली विद्यार्थीले कुनै पनि समस्या परेमा सम्पर्क गर्न मन्त्रालयले आव्हान समेत गरेकोछ । परराष्ट्रमन्त्री आरजु देउवाले सन्देश दिँदै भनेकी छिन्, “बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ ।”

निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सकिनेछ ।यसअघि बंगलादेशस्थित नेपाली दुतावासले हिँसात्मक बन्दै गएको विद्यार्थी आन्दोलनदेखि टाढा बस्न र समस्यामा परेमा सम्पर्क गर्न फोन नम्बरहरु सार्वजनिक गरिसकेको छ । निवेदन दिनका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

विदार्थीहरुले योजना बम्जन, ढाकास्थित नेपाली दूतावासको सहसचिवलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय